सुनसरीका हुलाक अधिकृत नईन्द्र प्रसाद दाहालकाे बिदाई

सुनसरी । जिल्ला हुलाक कार्यालय सुनसरीबाट कृषि विकास निर्देशनालय १ नम्बर प्रदेश कार्यालय विराटनगर सरुवा भएका हुलाक अधिकृत नईन्द्र प्रसाद दाहाललाई बिदाई गरिएको छ ।

आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी अधिकृत दाहाललाई फुलमाला, खादा र मायाको चिनो करुवा दिएर प्रशंसासहित बिदाई गरिएको हो । कार्यक्रममा उनले जस्तोसुकै परिस्थितिमा पनि जनताको काम गर्न पछि नहट्न आग्रह गरे ।

अधिकृत दाहाल करिब १५ महिना अघि जिल्ला हुलाक कार्यालय धरानमा हाजिर भएका थिए । उनलाई २०७७ काे असार २३ गते सामान्य प्रशासन मन्त्रत्रालयले कृषि विकास निर्देशनालयमा सरुवा गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =