ओली-प्रचण्डबीचको वार्ता जारी, निस्कन्छ निकास ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल शुरु भएको छ ।

वार्ता प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच वार्ता शुरु भएका पुष्टि गरे ।

उनले भने, ‘दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा बिहान सवा ११ बजेदेखि दुई अध्यक्षबीच छलफल शुरु भएको हो ।’ लामो समयको संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच हिजो भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो ।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश नं. ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिएका थिए ।

दुई अध्यक्षबीचको बिहीबारको छलफल सकारात्मक भएको र आजको बैठकले ठोस निकास दिने सम्भावना रहेको बताइएको छ ।

नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =