ओली-प्रचण्डबीच आज पनि छलफल हुँदै

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलीबी आज पनि छलफल हुँदै छ ।

९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो । हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका लागि महाधिवेशनमा जाने प्रस्ताव अध्यक्ष ओलीले राखेका थिए ।

जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्ने र त्यसपछि एकल अध्यक्षका रुपमा पार्टीको नेतृत्व प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व ओलीले गर्ने प्रस्तावमा हिजो छलफल भएको थियो ।

पार्टीका दोस्रो तहका नेताहरुले तय गरेको सहमतिको रुपरेखामा अध्यक्षद्वयबीच हिजो सकारात्मक छलफल भएपछि आज थप छलफल हुन लागेको बताइएको छ ।

आज पनि थप छलफल गरी लामो समयदेखिको विवाद टुंग्याउने तयारी भए पनि बैठकको समय भने तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

नेकपामा शीर्षस्तरमा जारी विवादका कारण गत असार १० गतेदेखि बोलाइएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =