काँग्रेस जिल्ला सदस्य लिम्बुले गरे पार्टीले दिएको पद अस्वीकार

मोरङ । नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बुले पार्टीको केन्द्रिय श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्य पद अस्वीकार गरेका छन् । काँग्रेसले सोमबार लिम्बुलाई विभागको सदस्य पदमा मनोनयन गरेको थियो । तर, उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पद अस्वीकार गरेको घोषणा गरेका हुन् ।

‘देश यतिबेला कोरोना भाईरस (कोभिड-१९) को महामारीको सामना गरिरहेको छ । नागरिकहरु भय र त्रासमा बाँच्न बिवश छन् । कतिपय सम्बन्धित निकाय गैरजिम्मेवार बनिरहेका बेला हामी हाम्रा नागरिकहरुको सुरक्षाका लागि रोकथाम र नियन्त्रणमा जुटिरहेका छौँ ।’ लिम्बुले लेखेका छन् ‘यस्तो बिषम परिस्थितिमा हामी पद भन्दा पनि नागरिकको सुरक्षाका लागि गम्भीर बन्नुपर्छ । नागरिक नै रहेनौँ भने के को पद अनि के को राजनीति, तसर्थ तत्कालका लागि यो बिषम परिस्थितिमा यो पद लिन अस्वीकार गरेको जानकारी गराउँछु ।’

मोरङको बेलबारी घर भएका लिम्बु काँग्रेसभित्र शेखर कोईराला निकट मानिन्छन् । पार्टीको महाधिवेशन घोषणा भईसकेका बेला देउवाले विभागहरू गठन गरेको भन्दै बिरोध भईरहदा लिम्बुले पनि पद अस्वीकारको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =