वीपी प्रतिष्ठानमा २  सङ्क्रमित थपिए, ७ डिस्चार्ज, एकको मृत्यु

काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज २ जना नयाँ कोरोना सङ्क्रमित भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार आज थप २ जना नयाँ भर्ना भएका छन् ।

यस्तै, प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइरहेका ७ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको सङ्ख्या ३२२ पुगेको छ ।

यसै गरी प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक ८५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानमा हालसम्म २२ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *