त्रिविमा स्थगित भएको परीक्षाको जिम्मा डीन कार्यालयलाई, तत्काल परीक्षा नहुने
२०७७ साउन २९ गते

फाइल फोटो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन ।
यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौ, तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ, त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ, त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ,’ जोशीले भने ।
अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको छ । कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयले नै पाएको छ ।
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित









