ओली-प्रचण्डबीचको वार्ता सकियो, विवाद समाधानतिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुको भनाइ छ । पार्टीभित्रको विवाद समाधानका लागि गरिएको वार्ता समाधान उन्मुख भएको दाहालका प्रेस संयोजक बिष्णु सापकोटा बताए ।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए ।

प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका थिए ।

गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली–दाहाल चर्काचर्की भएको थियो । त्यही विवादपछि भेटवार्ता हुन सकिरहेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *