भुटानमा राष्ट्रव्यापी लकडाउनको घोषणा

एजेन्सी । भुटानमा राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ ।

विदेशबाट फर्किएका एक जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नुपरेको भुटान सरकारले जनाएको छ ।

भुटानमा हाल करिब सात लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरू बन्द गरिएका छन् ।

लकडाउन अवधिमा सबै संक्रमितको पहिचान गरेर अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाएपछि सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ । पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकको प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *