जलविद्युत, इन्स्योरेन्स र लघुवित्तको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं । जलविद्युत, इन्स्योरेन्स र लघुवित्त कम्पनीले आइपीओ भदौमा जारी गर्दैछन् । भदौको पहिलो सातामा तिन ओटै कम्पनीको आइपीओ आउन लागेको हो । जलविद्युत, इन्स्योरेन्स र लघुवित्त कम्पनीले गरीे करिब एक अर्बको आइपीओ जारी गर्दैछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ६३ करोड, लिबर्टी इनर्जीको ३५ करोड र समाज लघुवित्तको ८६ लाख रुपैयाँको आइपीओ आउँदैछ । भदौ ३ गते लिबर्टी इनर्जीको, भदौ ४ गते रिलायन्स लाइफ र समाज लघुवित्तको आइपीओ आउने कम्पनीले बताएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित ६३ लाख कित्ता बराबरको ६३ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ ।

आइपीओ निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ छ भने जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको छ । भने आइपीओपछि चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । नयाँ जीवन बीमा कम्पनीहरुमध्ये पहिलो आइपीओ रिलायन्सले निष्कशन गर्न लागेको हो ।

समाज लघुवित्त वित्तिय संस्थाले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले ८६ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ४ हजार ३ सय कित्ता कर्मचारीका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ८० हजार ७ सय कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

सो कम्पनीको आइपीयो न्युनतम १० कित्तादेखि अधिकृतम ५ हजार कित्तासम्म सेयर भर्न पाइनेछ ।
लिबर्टी इजर्नीले पनि आइपीओ जारी गर्दैछ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ७० करोड ६५ लाख ८० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २५ प्रतिशत बराबरको आइपीओ जारी गर्न लागेको हो ।

लिबर्टीले २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनामा लगानी गरेको छ । यस कम्पनीले बाग्लुङमा २४.६ मेगावाट क्षमताको बडिगाडखोला जलविद्युत आयोजना र रे लमजुङको लोदोखोलामा १.६ मेगावाटको साना जलविद्युत आयोजनाको सर्वेक्षण लाइसेन्स लिएर अध्ययन गरिरहेको छ ।

कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *