८ जना थपिँदा १६ जना डिस्चार्ज, अस्पतालको दायरा बढाइयो

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । विगत २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

८ जना नयाँ भर्नासँगै प्रतिष्ठानबाट १६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म प्रतिष्ठानबाट ३१५ जनाले कोरोना जितेर घर फर्किसकेको प्रवक्ता सापकोटाले बताए ।

नयाँ संक्रमित थपिएसँगै हाल प्रतिष्ठानको आइसोलेसनमा १ सय २ जनको उपचार भइरहेको छ । प्रतिष्ठानबाट मात्रै हालसम्म्म २१ हजार २ सय ४ पीसीआर परीक्षण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमितको वृद्धिसँगै प्रतिष्ठानले अस्पतालको दायरा बढाउँदै संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =