खैरहनीमा तरकारी संकलन केन्द्र निर्माण

चितवन । पूर्वी चितवनको खैरहनीमा तरकारी, फलफूल संकलन तथा बिक्री केन्द्र निर्माण गरिएको छ । खैरहनी नगरपालिका,  तरकारी तथा फलफुल मुल्य श्रृंखला आयोजना र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त लगानीमा सो केन्द्र निर्माण गरिएको हो ।

खैरहनी नगरपालिकाको २६ लाख, घरेलु तथा साना उद्योग कार्यालयको २१ लाख र तरकारी तथा फलफुल मुल्य श्रृंखला आयोजनाको २० लाख गरि कुल ६७ लाखको लागतमा केन्द्र निर्माण गरिएको खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । खैरहनीको नयाँ र पुरानो पर्सा बजारको बीचमा निर्माण गरिएको सो केन्द्रबाट किसानले उत्पादन गरेका तरकारी तथा फलपूmल संकलन तथा बिक्रीको काम हुने छ ।

बजारको सुन्दरता र किसानको उत्पादन प्रवद्र्धनका लागि केन्द्र स्थापना गरिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए । केन्द्र संचालनपछि किसानहरुले उत्पादन गरेको कृषि उपजमा विचौलिया प्रवेश नगर्ने र किसानले उचित मुल्य पाउने मेयर चौधरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =