वरिष्ठ पत्रकार बानियाँ तीन दिनदेखि बेपत्ता

काठमाडौं । वरिष्ठ पत्रकार बलाराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन् ।

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बानियाँ विगत तीन दिनदेखि बेपत्ता भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिएका हुन् ।

“कान्तिपुरले आजै मात्रै उजुरी दिएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।” प्रवक्ता राठौरले भनेका छन् । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए ।

प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए । कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले बानियाँको अन्तिम मोबाइल लोकेशन बल्खुमा देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *