फिलिपिनी राष्ट्रपतिको प्रतिक्रिया : ‘रूसले बनाएको भ्याक्सिन म लगाउँछु’

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको खोप उपलब्ध गराउने प्रस्ताव स्वीकारेको र यसको परीक्षणमा सहभागी हुन इच्छुक रहेको बताएका छन् ।

दुतेर्तेले रूसले द्रुत गतिमा कोरोनाभाइरसविरूद्ध भ्याक्सिन बनाउने प्रयास गरेको भन्दै तारिफ गरेका छन् । उनले भनेका छन्, “रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्नेछ ।”

रूसले बनाएको खोपको प्रभावकारितामा उनी विश्वस्त देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिलिपिन्सले खोप परीक्षण, आपूर्ति र उत्पादनमा सहयोग गर्न मस्को तयार रहेको बताएको छ ।

‘फिलिपिन्स रूससँग क्लिनिकल परीक्षण, भ्याक्सिनको आपूर्ति र उत्पादन गर्न तथा विश्वव्यापी स्वास्थ्य संकटकाललाई सम्बोधन गर्न रूसका एजेन्सीहरूसँग व्यवहारिक विषयमा काम गर्न तयार छ ।’ विज्ञप्तिमा भनिएको छ ।

रूसले फिलिपिन्सलाई भ्याक्सिन उपलब्ध गराउने बताएको छ । फिलिपिन्स पूर्वी एसियामा कोरोनाभाइरसबाट बढी प्रभावित देशमध्येमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *