वीपी प्रतिष्ठानमा थप ३ कोरोना सङ्क्रमित भर्ना, ४ जना डिस्चार्ज

काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप ३ जना नयाँ कोरोना सङ्क्रमित भर्ना भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ३ जना नयाँ कोरोना सङ्क्रमित थपिएसँगै प्रतिष्ठानमा हाल एक सय दुई जनाको उपचार भइरहेको छ ।

प्रतिष्ठानबाट आज ४ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ सय ९६ पुगेको छ ।

प्रतिष्ठानबाट २० हजार १ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *