अवैध लागूऔषध सहित हेटाैँडा, भक्तपुर र सर्लाहीबाट ८ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१४ र १५ स्थित सडकबाट एक सय मिलीको १ सय ९५ बोतल नियन्त्रित लागूऔषध उइनरेक्स र ६ सय ट्याबलेट नाईट्राभेटसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय प्रदिप पाण्डे, सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय बिरेन मोक्तान, बुद्धि घिसिङ र पर्सा वीरगंज उपमहानगरपालिका-२४ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर तथा प्रहरी चौकी मयुरधापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा आइतबार उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीले बीआर ०५ एए०६०५, ग५प ४२२३ र प्रदेश ३-०२-००२ प ४५४१ नम्बरका ३ वटा मोटरसाइकलमा सवार उनीहरूको साथमा उक्त लागूऔषध फेला पारेकाे छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ सूयविनायकबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ सत्यश्वर गाउँपालिका-९ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा बस्ने ४० वर्षीय मिलन केसी र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भई कागेश्वरी मनहरा बस्ने ३५ वर्षीय राम बहादुर रायमाझी रहेका छन् ।

बा३ख २२२६ नम्बरको साझा बसमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उक्त बसबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सर्लाही, लालबन्दी नगरपालिका-१० चन्द्रपुर चौरबाट अवैध लागूऔषध गाँजा २० केजी सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २८ वर्षीय रविन्द्र लामा र ५० वर्षीय सुरेश पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =