कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्र छ, आत्तिनु पर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताएका छन् । संक्रमणको अवस्था समुदायस्तरमा देखिएपनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने र अन्य मुलुकहरूको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरू प्रभावकारी भएको बताएका छन् ।

सरकारको आलोचना मात्रै भएकाले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड रोकथाम तथा नियन्त्रणको कार्यममा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भनेर शुभकामना दिएका छन् ।

आज थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् ।

‘यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस्, चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन्, कुनै राष्ट्र निर्माण गर्ने कुरा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु¥याउन सक्दैन ।’

कुनै बेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरू अहिले चुप लागेको बताए । गीतबाट समेत सरकारको आलोचना गरिएको तर, अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनको दाबी छ । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *