सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ९ करोड

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६\०७७ मा २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५\०७६ को मा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ नाफा गरेको थियो ।

बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । भने गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *