प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना पुष्टि

प्यूठान। प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ सैनिक जवानमा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण गरिएकोमा नेपाली सेनाका १४ जनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तीन जना महिला र २० जना पुरुष छन् ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *