बीएण्डबी अस्पतालले सुरु गयो पिसिआर परीक्षण : अब कोरोना रिपोर्ट ५ घण्टामै

काठमाडौं । बीएण्डबी अस्पतालले पनि कोरोना भाइरस(कोभिड १९) को आरटी पिसिआर परीक्षण सुरु गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर साउन २३ गतेदेखि पिसिआर परीक्षण सुरु गरेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले दुर्घटना भई तत्कालै अप्रेशन वा उपचार गराउनुपर्ने बिरामी, प्रसुती सेवाका बिरामी, अन्य सबै प्रकारका सामान्य वा जटिल अप्रेसन गर्नुपर्ने बिरामी तथा लामो समय अस्पताललमा बसेर घर जानुपर्ने बिरामीका लागि यस्तो परीक्षण सुरु गरेको हो । यस्तै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु तथा अन्य अस्पतालबाट रिफर भई आएका बिरामीहरुको पनि अस्पतालले पिसिआर परीक्षण गर्ने छ ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईका अनुसार स्वाब संकलन गरिएको ५ घण्टामै कोरोना भए नभएको रिपोर्ट दिने गरी सशुल्क पिसिआर परीक्षण सुरु गरिएको छ । नेपाल सरकारले तोकेको अधिकतम शुल्क ५ हजार ५ सय रुपैयाँ लिएर पिसिआर परीक्षण सुरु गरिएको भट्टराईले बताए ।

सुरुमा ५ हजार ५ सय शुल्क लिएर सुरु गरेको भए पनि अस्पतालमा हुने खर्च, परीक्षण गर्न आवश्यक उपकरण आदिको खर्च, कर्मचारीको खर्च आदि हेरी उक्त शुल्क घटाउनसमेत सकिनेसमेत अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =