नेतृत्वलाई ६१ नेकपा सांसदहरुको आग्रह : ‘सहमतिको दिशातिर अघि बढ्नुस्’

काठमाडौं । पार्टी एकता जोगाउन नेतृत्वलाई दबाबस्वरुप नेकपाका ६१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

एकता जोगाउन भन्दै ६१ जना सांसदले हस्ताक्षर गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल तीनै पक्षका सांसदहरुले हस्ताक्षर गरी सिंहदरवारमा आइतबार सार्वजनिक गरेका हुन् ।

विधानबमोजिमका विधि र पद्धति अनुरुप पार्टी चलाउनु पर्ने भन्दै प्रतिनिध सभाका नेकपा सांसद्हरु सक्रिय भएका हुन् । पार्टी एकता जोगाउनु र नेतृत्वलाई सहमतिको दिशामा आउन हस्ताक्षर गरिएको सांसद् मेटमणि चौधरीले बताए । ‘अहिलेसम्म संकलन भएका ६१ जनाको सांसदको हस्ताक्षर अध्यक्ष र महासचिवलाई बुझाउँछौ ।’ उनले भने ।

आफ्नो गुटको स्वार्थमा लागेर पार्टी विभाजन गर्न नहुने सन्देश दिन हस्ताक्षर संकलन गरिएको चौधरीले बताए । पार्टीमा विभिन्न विचार समूहमा उपल्लो समूहमा नेतृत्व तहरुसँगै सबै विभक्त पनि तत्काल एकता महाधिवेशनसम्म पार्टीको विचार र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राख्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *