चितवनको माडीमा रामको भब्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन
२०७७ साउन २४ गते

बालुवाटारमा माडीका प्रतिनिधि र प्रधानमन्त्रीको भेट । फोटो : सूर्य थापा/ प्रेस सल्लाहकार/प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा भगवान श्रीरामको भब्य मन्दिर बनाउन निर्देशन दिएका छन् । शनिवार साँझ बालुवाटारमा माडीका जनप्रतिनिधिहरुसागको भेटमा उनले भगवान रामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले फोन गरेर माडी नगरपालिकाका जनप्रतिनिधिहरुलाई शनिबार बालुवाटार बोलाएका हुन् ।
झण्डै दुई घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए ।
उनले भने, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’
२०७७ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








