२३ लाख ७१ हजार बराबरको सुनसहित एक पक्राउ
२०७७ साउन २४ गते

प्रतिकात्मक तस्वीर
मोरङ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट शनिबार करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले सोही महानगरपालिका–१७ बस्ने ५५ वर्षिय शेमपेन गुप्तालाई पक्राउ गरेको हो । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो ।
साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रको टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ ।
२०७७ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








