वीपी प्रतिष्ठानको सर्जरी वार्डमा पनि कोरोना संक्रमित भेटियो, धरान १५ को दशरथ पथ सिल

धरान । धरान सुनसरीको धरानस्थित हरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी युनिट १ मा उपचारार्थ भर्ना भएका एक बिरामीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

सो बिरामीलाई सर्जरी युनिट १ बाट आइसोलेसनमा सारिएको बुझिएको छ । जनकपुरबाट केही दिनअघि पेटमा समस्या आएपछि उपचारका लागी धरान आएका अन्दाजी ७१ बर्षका व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता डा. सापकोटाका अनुसार समुदायमा संक्रमण फैलिएको ठाउँबाट आएको हुनाले ती बिरामीलाई सर्जरी वार्डमा पनि आइसोलेसन क्याविनमा नै राखिएको थियो ।

त्यस्तै धरान उपमहानगरपालिका वडा नं १५ मा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को दशरथ पथलाई सिल गरिएको छ । ।

तीन जनामा संक्रमण पुष्टि भएकोले अन्यमा संक्रमण फैलिन नदिन उक्त संक्रमित क्षेत्रलाई सिल गरिएको धरान वडा नं १५ का वडा अध्यक्ष नरेश ईवारामले जानकारी दिए ।

दशरथ पथ सिल 
धरान वडा नं १५ को कार्यालय, छिमेकी टोल विकास संस्था र प्रहरीले शनिबार (आज) दिउँसो दशरथपथलाई सिल गरेको हो ।

कोशी राजमार्गमा पर्ने वरगाछी देखि उत्तर बुढासुब्बा चोक जाने सडक (दशरथ पथ) मुखमा नै प्रवेश निषेध गरिएको छ छ ।
यस्तै उत्तरतर्फ रेयुकाईको कार्यालयतर्फ जाने बाटोसम्म सिल गरिएको छ ।

वडाध्यक्ष ईवारामका अनुसार प्रहरी र टोल विकास संस्थासँग समन्वय गरेर उक्त संक्रमित क्षेत्रमा आवतजावत रोक्न सिल गरिएको हो ।

त्यस क्षेत्रका अन्यलाई पनि स्वाब संलकन गरिएकोले रिपोर्ट नआएसम्म सिल हुने ईवारामले जानकरी दिएका छन् । उनीहरुको ‘स्वाबको रिपोर्ट आउन लगभल १ हप्ता छ त्यतिबेलासम्म सो ठाउ बन्द नै हुनेछ ।

यसअघि धरान १५ को पिण्डेश्वरी चोक उत्तरको सेन्ट्रल रोड पनि स्थानीय, प्रहरी मिलेर सिल गरिएको थियो । त्यहाँका एकै परिवारका दाजुभाइमा संक्रमण पुष्टि भएको थियो भने धरान उपमहानगरपालिकामा दशरथपथमा डेरा गरी बस्ने एक महिला कर्मचारीसगै उनको १० बर्षीय छोरा र ७१ बर्षकी सासु आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै धरानमा कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङसँगै क्वारेन्टाइनमा बसेका र रेण्डम मास टेष्टीङको लागि छनौट भएकाहरुको स्वाब संकलन जारी नै रहेको धरानउपमहानगरपालिका स्वास्थ्य माहाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

वडा नं १५ को कार्यालयमा सो वडाको मात्र नभै अन्य वडाबाट समेत स्वाब दिन मानिसहरु आइरहेका छन् । वडाको प्रत्येक टोल विकास संस्थाबाट धेरै हिँड्डुल गर्ने, सम्पर्कमा रहने व्यक्तिहरुलाई टीएलओको सिफारिसमा स्वाब संकलन गरिरहेको मेहताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *