नेकपा किचलो : ओली-दाहालबीच पुनः सम्वादहीनता

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः सम्वादहीनता देखिएको छ ।

गत १४ श्रावणमा बोलाइएको नेकपा स्थायी कमिटी बैठक केपी शर्मा ओलीले एकपक्षीय निर्णयबाट स्थगित गरेपछि चिसिएका दुई नेतालाई वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गराइदिए पनि फेरि सम्वादहीनता देखिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका जानकारीअनुसार अध्यक्षद्वयबीच तत्कालका लागि भेटवार्ताको समय तय भएको छैन् ।

“उहाँहरु (ओली-दाहाल)बीच छलफलका लागि तत्काल समय तोकिएको छैन ।”उनले भनेका छन् । ओली र दाहालबीच गत आइतबारदेखि मंगलबारसम्म निरन्तर छलफल भएपनि कुनै सहमति भने हुन सकेको थिएन ।

आइतबारको बैठकमा दुवै अध्यक्षले आ–आफ्नै अडानमा यथावत् रहेपनि बैठक पुनः सुरुवात भएको बताएका थिए । सोमबार केही समयमात्रै छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिए ।

तर, मंगलबारको वार्तामा कुरा अन्यन्त्रै मोडिएको थियो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित पृष्ठभूमिका सुशील भट्टलाई नियुक्त गरेपछि बैठकको शुरुमै दुई अध्इक्षबीच चर्काचर्कीसमेत परेको थियो ।

पछिल्लो विवादसँगै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो अडान कायमै राखेका थिए । सहमति नहुने संकेत देखिएपछि वार्ता टुङ्गिएको थियो ।

अध्यक्ष दाहाल पक्ष गत १० असारबाट शुरु भएको स्थायी कमिटीको बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन् भने ओलीले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *