वीरगञ्जमा मृत्यु भएका थप एक जनामा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगञ्ज –३ छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

यसअघि उनलाई करिब ४ दिन ज्वरो आएर निको भइसकेको थियो । गत बिहीबार राति उनलाई अचानक सास लिनमा समस्या भएपछि परिवारकाले एडभान्स मेडिकयर हस्पिटल लगेका थिए ।

त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *