‘विश्वभर १ करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए’

काठमाडौं । विश्वभर १ करोड २५ लाखभन्दा बढी नोवेल कोरोना भाइरस (कोभिड १९)संक्रमितहरुले स्वास्थ्य लाभ लिएका छन् ।

शनिबार (आज)सम्ममा विश्वभर १ करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)काअनुसार आजसम्ममा विश्वभरी १ करोड ९५ लाख ४९ हजार ९ सय १ जना संक्रमित निको भएका छन् ।

यस्तै सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र रहेको छ भने संक्रमितमध्ये ६४ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ७ लाख २४ हजार १ सय ८६ जनाको मृत्यु भएको पनि पनि संगठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *