काठमाडौं उपत्यकामा आइतबारदेखि ‘सटडाउन’ [निर्णयसहित]

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि ‘सटडाउन’ हुने भएको छ ।

आगामी आइतबारदेखि लागू हुनेगरी ‘सटडाउन’को निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले ‘सटडाउन’को निर्णय गरेको हो ।

बैंठकले आइतबारदेखि लागू हुनेगरी १५ दिनको लागि ‘सटडाउन’को निर्णय गरेको हो । ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ ।

जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *