सांसद रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन् ।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अुनसार खुट्टा र मुटुमा समस्या भएपछि सांसद चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।

“उहाँको खुट्टा सुन्निएको र मुटु सम्बन्धी समस्या आएको भनिएपछि अस्पताल लगिएको हो ।”आचार्यले भने ।

विसं २०७२ साल भाद्र ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *