वीरगञ्जमा चिकित्सक र प्रहरीसहित थप १४२ जनामा कोरोना पुष्टि

वीरगञ्ज । आक्रामक रुपमा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे वीरगञ्जमा पछिल्लाे २४ घण्टामा थप १४२ जनामा संक्रमण देखिएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणमा १४२ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

संक्रमित मध्ये १७ जना महिला छन् । संक्रमितहरूमा नेपाली सेना,  प्रहरी र चिकित्सक समेत रहेका छन् । नारायणी बयोधा अस्पतालका मात्रै ५ जना चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिकाका एक कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *