चिकित्सकको लापरवाही : अर्कै समूहको रगत चढाउँदा मृत्यु, चिकित्सक पक्राउ

जनकपुर । जनकपुरमा अर्कै समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार बिहान (आज) मृत्यु भएको हो ।

बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो । तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् ।

महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको बताइएको छ ।

‘“हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं ।” धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए, ‘दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *