अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिन विद्यालयहरुलाई बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अर्काे निर्णय नहुँदासम्म तत्काल कक्षा ११ काे वार्षिक परीक्षा नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ । काेराेनाका कारण बाेर्डले सम्बन्धित विद्यालयरूकाे जिम्मा लगाएकाे ११ काे वार्षिक परीक्षा जाेखिमकाे अवस्था कायमै रहेकाे हुँदा तत्काल नगर्न निर्देशन दिएकाे हाे ।

कतिपय विद्यालयहरूले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेकाे पाइएकाे हुँदा साेबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएको बाेर्डद्वारा जारी सूचनामा उल्लेख छ । बाेर्डले सूचनामा भनेकाे छ, ‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सो बाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

कोभिड-११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =