वीपी प्रतिष्ठानमा २५ वर्षिय कोरोना संक्रमित युवाको मृत्यु

सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ । जनकपुरबाट रिफर गरेर आएका ती युवाको गएराती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार २५ वर्षिय ती युवाको गएराती १०ः३० बजे निधन भएको हो । उनी नियमित डायलाइसिसका गराउनु पर्ने विरामी थिए । प्रतिष्ठान ल्याउँदा सम्म अवस्था गम्भिर भइसकेको थियो ।

प्रवक्ता सापकोटाका अनुसार उनी दुई वर्षदेखि साताको दुई तिन पल्ट डायलाइसिस गराउँदै आइरहेका थिए । कोरोना पोजेटिभ देखिएपनि उनी झनै गम्भिर भएका रहेछन । अबेर प्रतिष्ठान आइपुगेका उनको राती नै मृत्यु भएको हो ।

अहिले मृतक युवाको शव जनकपुर पठाउन समन्वय भइरहेको डा. सापकोटाले जानकारी दिएका छन् । वीपी प्रतिष्ठान प्रदेश १ को कोभिड लेवल ३ अस्पताल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *