संक्रमित मन्त्रीसँगै बैठकमा बसेका कानूनमन्त्री बसे आइसोलेशनमा

काठमाडौं । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन् ।

केही दिन पहिले काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी सहभागी रहेका अवस्थामा प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेका मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रहसमेत गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *