भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारभन्दा बढीको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५८ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको हो ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार कुल संक्रमितको संख्या २० लाख २१ हजार ४०७ छ । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *