नेपालमा १५ हजार ३ सयभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर नघेपनि निको हुनेको संख्या भने बढ्दै गएको छ । हालसम्म पुष्टि भएका २१ हजार ७५० कोरोनाभाइरस संक्रमितमध्ये १५ हजार ३ सय भन्दा बढी निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । उपचाररत संक्रमितको संख्या ६ हजार ३ सय ९६ छ । हालसम्म ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

दैनिक नयाँ संक्रमित भेटिने संख्यामा उतारचढाव भइरहेको छ । विहिबार ३६० जना नयाँ संक्रमित थपिए । बुधबार ३८१ र मंगलबार २५९ नयाँ संक्रमित भेटिएका थिए । नेपालका छिमेकी राज्य भारतको उत्तर प्रदेश र विहारमा संक्रमितको संख्या लगातार बढिरहँदा नेपाल पनि जोखिममा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *