विपी प्रतिष्ठानमा १३ कोरोना संक्रमित थपिँदा १ जना डिस्चार्ज

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप १३ जना कोरोना संक्रमित भर्ना भएका छन् । नयाँ संक्रमित थपिएसँगै प्रतिष्ठानको आइसोलेसनमा ८८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

साथै एक जना कोरोना संक्रमित निको भएर डिस्र्चाज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानबाट हालसम्म २८७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिष्ठानमा हालसम्म १६ हजार ४ सय २० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *