‘काठमाडाैंमा संक्रमित दर बढ्याे, स्वास्थ्यकर्मी र उपकरण अभाव हुन सक्छ’

काठमाडौंमा संक्रमणको दर बढेको छ । यसले अप्ठेरो परिस्थिति सिर्जना भएको छ । सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार, तथा अन्य जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न स्वास्थ्य मन्त्रालय अपिल गर्दछ । बैठक गरिहाले पनि भर्चुअल हिसाबले गर्नुहुन अनुराेध छ ।

भारतीय सिमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको दर उच्च रहेकोले प्रदेश सरकार, गाउँपालिका तथा नगरपालिकाहरु, गैरसरकारी संस्थाहरु, शिक्षक, विद्यार्थी तथा अन्य पेशा व्यवसायका व्यक्तिहरुलाई सावधानी अपनाउन तथा सावधानी अपनाउने वातावरण बनाउन पनि अनुरोध छ ।

स्वाब संकलन गरिसकेपछि कुनैपनि शंकास्पद व्यक्तिहरुले रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न पनि  स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ ।

काठमाडौं उपत्यका लगायत घना बस्ती भएका क्षेत्रहरुमा कोरोना संक्रमण वृद्धि भइरहेकोले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीहरुको अभाव  हुने सम्भावना रहेको छ । यसकारण सचेत भएर जनस्वास्थ्यका मापदण्ड पुरा गरौँ । अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कौँ । दुरी कायम राखाैँ साबुनपानीले हात धुने गराैँ । सेनिटाइजर प्रयोग गराैँ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन पनि सूचना जारी गरिन्छ । साथै स्वास्थ्यकर्मीहरुलाई जनस्वास्थ्यका मापदण्ड अवलम्बन गराउन पनि अनुराेध छ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गाैतमले राखेकाे सुझाव, अनुराेध तथा अपिलकाे सम्पादित अंश)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *