प्राविधिक कारणले एसईईको नतिजा केही दिन ढिलो सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कारणले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा केही दिन ढिलो हुने बताएको छ । कोर्डले बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलन समेत गरिएकाले नतिजा प्रकाशनमा केहि ढिलाई हुने जनाएको हो ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले प्राविधिक कारणले गर्दा नतिजा प्रकाशन केही दिन लम्बिएको बताए । ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहो¥याएर हेर्ने काम भइरहेको छ, लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन्, र अहिले विद्यालय खुल्ने वातावरण पनि बनिसकेको छैन, त्यसैले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन’, बोर्डका अध्यक्ष पौडेलले भने ।

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक हुने छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *