काठमाडौं उपत्यका : ८ कोरोना संक्रमित अझै सम्पर्कबाहिर

काठमाडौं । बुधबार (हिजो) संक्रमण पुष्टि भएकोमध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी)का अनुसार हिजोे बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए । तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका छन् ।

उनीहरुको फोन अफ भएका कारण उनीहरुको कन्ट्याक्ट् ट्रेसिङ्गमा गाह्रो भएको इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराले बताए । “उहाँहरुको फोन अफ छ । उहाँहरु विशेषगरी तराई क्षेत्रका छन् ।” उनले भने ।

यसअघि पनि धेरै संक्रमितहरु सम्पर्कबाहिर गएका थिए । तर पछि आफैँ सम्पर्कमा आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =