नेकपा अध्यक्षद्वयको वार्ताको समय अझै तय भएन

काठमाडौं । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल ‘प्रचण्ड’बीचको वार्ताको समय अझै तय हुन सकेको छैन् ।

दुई अध्यक्षबीच बिहीबार (आज) ‘वान टू वान’ वार्ता हुने भनिएको थियो । गत आइतबार, सोमबार र मंगलबार अध्यक्षद्वयले झलनाथ खनाल र सुवास नेम्बाङका साथमा छलफल गरेका थिए ।

बुधबार (हिजो) हुने भनिएको भेट आजका लागि सारिएको थियो । तर अहिलेसम्म भेटघाटका लागि अध्यक्षद्वयबीचको समय नतोकिएको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।

भेटघाटमा प्रचण्डले दुईमध्ये कम्तीमा एक पदबाट राजीनामा दिन र स्थगित स्थायी कमिटीको बैठकको मिति तोक्न आव्हान गरेका छन् । मंगलबारको भेटमा लगानी बोर्डको सीइओमा सुशील भट्टको नियुक्तिप्रति पनि आपत्ति जनाएका थिए ।

ओलीले भने विवादको निरूपण सचिवालयको बैठकबाट गरेर मात्रै स्थायी कमिटी बोलाउनुपर्ने जिकिर गर्दै आएका छन् । उनले आफ्नो राजीनामालाई पनि अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =