निशुल्क माक्स वितरण गर्दै सामुदायिक सेवा केन्द्र र प्रहरी
२०७७ साउन २१ गते

काठमाडौं । गोरखा सदरमुकामको जिविस चोकमा कोरोना रोगको संक्रमणबाट जोगिन बुधबार निशुल्क माक्स वितरण गरिएको छ । समुदाय–प्रहरी साझेदारीमा जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा सदरमुकामको मुल चोकमा माक्स वितरण गरिएको हो ।
मोटरसाईकल, मोटर, ट्याक्सी, कार, तथा पैदलयात्री माक्स प्रयोग नगर्नेलाई निशुल्क माक्स वितरण गरिएको तथा माक्स लगाई सार्वजनिक स्थलमा हिड्न आग्रह गरिएको माक्स वितरक खटिएका काशिनाथ अंगाईले बताए ।
माक्स वितरण गर्ने कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, पत्रकार महासंघका अध्यक्ष किसोरजंग थापा, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, रोटरी क्लवका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी थिए ।
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








