लकडाउन कोरोना रोकथामको समाधान हैनः जनमोर्चा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लकडाउन समाधान नभएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसलाई परास्त गर्न सामाजिक दुरी कायम गर्न र उपचारमा जोड दिनुपर्ने बताएका छन् ।

‘संक्रमित रोगको प्रकोप कैयन अवस्थामा वर्षौंसम्म रहन सक्दछ, त्यो स्थितिमा लकडाउन प्रकोप नियन्त्रणको लागि प्रमुख तरिका हुन सक्दैन’ जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष केसीले विगत चार महिनाको लकडाउनले देशको अर्थतन्त्रमा काफी नकारात्मक प्रभाव परिरहेको बताएका छन ।
जनमोर्चाले पर्याप्त रुपमा पिसीआर परीक्षण हुन नसकेको, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी नभएको ठहर गरेको छ ।

नेपाल–भारत सीमाबाट हुने अनियमित आवतजावत रोक्नुपर्ने, कोरोना भाइरससँग सम्बन्धित क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने जनमोर्चाको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *