सनराइज बैंकका कर्मचारीद्वारा कार्यालयकै शौचालयमा आत्महत्या
२०७७ साउन २१ गते

प्रतिकात्मक तस्बिर
विराटनगर । सनराइज बैंकका एक कर्मचारीले आत्महत्या गरेका छन् । बैंकको विराटनगर स्थित शाखा कार्यालयकाे कर्जा शाखाकि बरिष्ठ सहायक अधिकृत ३० वर्षिया सनाज खतिवडाले मुसा मार्ने विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
एक घन्टा अगाडी उनी बैंकको शौचालयमा हात काटेको अवस्थामा फेला परेकी थिइन्।
उनको नोवेल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जनाए ।
मृतक खतिवडाको शव पोस्टमार्टमका लागि कोसी शस्पतालमा लगिएको र घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित









