वीपी प्रतिष्ठानका एक विद्यार्थीलाई कोरोना संक्रमण

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तुबाट वीपी प्रतिष्ठानमा आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । ती विद्यार्थीलाई हिजो साँझ नै प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।

ती विद्यार्थीलाई बाहिरबाट आए लगत्तै सुरक्षित रुपमा अलग्गै राखिएकोले खासै समस्या भएको छैन । प्रतिष्ठानमा हिजोसम्म ६९ जना कोरोना संक्रमित उपचाररत रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =