सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु

काठमाडौं । सप्तरीमा कोभिड १९को लक्षणसँग मिल्दोजुल्दो बिरामका कारण तीन जनाको मृत्यु भएको छ ।

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो हो ।

जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ मनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मलेसियाबाट आएर होम क्वारेन्टाइमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।

यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

उनका अनुसार उनीहरुको स्वाब संकलन गरिँदै छ । यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ ।

श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =