अयोध्यामा राम मन्दिरको शिलान्यास : नेपाली टोली चाँदीका इँटा लिएर अयोध्यातर्फ

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार (आज) राम मन्दिरको भव्य शिलान्यास हुँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समयानुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान् रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा लिएर हिजै त्यसतर्फ प्रस्थान गरेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर हिजै भारतको अयोध्या प्रस्थान गरेका छन् ।

महन्त दासले जनकपुरधामबाट चाँदीका पाँच वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताएका छन् । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको छ ।

भगवान् रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो ।
दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =