इटहरीमा बुधबारदेखि पाँच दिन लकडाउन

इटहरी । कोरोना संक्रमणको जोखिम बढेसँगै इटहरी उपमहानगरपालिकाले भोलीदेखि लागू हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ।

नगरपालिकाका कर्मचरीसहितमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले बुधबारदेखि लागू हुनेगरी पाँच दिनका लागि लकडाउन लगाउने निर्णय गरेको हो ।

१ सय ८ जनाको परीक्षण गर्दा ८ जनाको पोजेटिभ रिपोर्ट आएको मेयर द्वारिकालाल चौधरीले जानकारी दिए। त्यसमध्ये तीन जना नगरपालिकाका कर्मचारी पनि छन्।

बुधबारबाट अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द हुने मेयर चौधरीले बताए । यसअघि पनि उपमहानगरपालिकाका एकजना इन्जिनियरलाई संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *