आफ्नै पार्टीप्रति प्रधानमन्त्रीको असन्तुष्टिः ‘संकटका बेला सबै स्वार्थका पछाडी कुदे’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूकाे कार्यशैलीप्रति असन्तुष्टि पाेखेका छन् । आज (मंगलबार) बालुवाटारमा बसेकाे विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रम ओलीले आफ्नै पार्टीका नेताहरूकाे कार्यशैलीप्रति असन्तुष्टि पाेखेका हुन् ।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ’, बैठकमा प्रधानमन्त्रीले भने ।

त्यस्तै उनले बैठकका विषयमा पनि असन्तुष्टि पाेखे । उनले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेकाे छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ?  के गर्ने हो ?  त्यस्तो सोच केहीपनि छैन । तर बैठक चाहि चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ ।’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ । उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *