कांग्रेस नेता रामचन्द्र पौडेलले किन बन्द गरे भेटघाट ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनका संभावित सभापतिका उम्मेद्वार बरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाट बन्द गरेका छन् । दिन प्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गइरहेको बेला नेता पौडेलले नियमित भेटघाट बन्द गरेको जनाएका छन् ।

आज विज्ञप्ति प्रकाशित गर्दै नेता पौडेलको सचिबालयले कोरोना महामारीमा सचेत र सजग रहन भन्दै तत्कालका लागि भेटघाटका कार्यक्रमहरु बन्द गरीएको जनाएको छ ।

सचिबालयका अनुसार अब नेता पौडेलले अत्यावश्यक भेटघाट वाहेक अन्य भेटघाट बन्द गरेका छन् । साथै भर्चुवल र टेलिफोन सम्वादमा जोडिन आग्रह गरीएको छ । उनले आम नेपालीहरुलाई कोरोना भाइरसबाट बच्न सावुनपानीले हात धुन तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको सचिबालयले जनाएको छ ।

बढ्दाे काेराेना महामारीले नेपाली कांग्रेसकाे आगामी फागुनमा हुने १४ औं  महाधिवेशनका कार्यक्रमहरू प्रभावित हुन सक्ने देखिएकाे छ । केहिदिन यता मुलुकमा काेराेना संक्रमण अप्रत्यासित रूपमा बढ्दाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *