कोरोना महामारीलाई विरोधको अवसर नठानौँः प्रधानमन्त्री ओली
२०७७ साउन २० गते

फाेटाे फाइल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरस (काेभिड १९) काे महामारीलाई विराेधकाे अवसर नठान्न सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा उनले यस्ताे आग्रह गरेका हुन् ।
‘काेराेना संवेदनशील र चुनाैतिकाे विषय हाे । यस्ताे संकटलाई विरोधको अवसर ठान्नु हुन्न । याे नियन्त्रणमा सामाजिक अनुशासन चाहिन्छ । सबैले यसमा सहयाेग गर्नुपर्छ’, बैठकमा प्रमकाे भनाइ उद्धृत गर्दै एक विज्ञले भने ।
यस्तै प्रम ओलीले कोभिड नियन्त्रणका लागि सरकार मात्रै नभएर नागरिक पनि चेतनशील बन्नुपर्ने बताए । सरकारकाे कामले मात्र काेराेना नियन्त्रण नहुने उनकाे भनाइ छ । बैठक जारी नै छ ।
२०७७ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








